अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत कब्जा अब हुन नसक्ने बताएका छन्।
बिहीबार अन्तर-सरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले यस पटकदेखि नीतिगत कब्जा नहुने बताएका हुन्।
'नीतिगत कब्जाको युग अब सकियो। सबैजना माथि जाने योजना ल्याउने हो,' उनले भने ।
उनले निजी क्षेत्रलाई पूर्वाधार लगानीमा पनि केन्द्रित गरिने संकेत गरेका छन्।
अहिले सार्वजनिक सबै पूर्वाधार निर्माणको काम सरकारी लगानीमा हुने गरे पनि अब भने निजी क्षेत्रबाट लगाउन सकिने संकेत उनले गरेका हुन्।
नियमित बजेटभन्दा बाहिरबाट पनि विकास निर्माणको काम कसरी छिटो गर्न सकिन्छ भन्नेबारे सरकारले सोचिरहेको उनले बताए।
ठूला-ठूला सडक आयोजना तथा निर्माणहरू निजी क्षेत्रलाई जिम्मा लगाएर पनि गर्न सकिने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले देशको अर्थतन्त्र १०० अर्ब डलर बनाउने गरी काम गर्नुपर्ने बताए।
आगामी बजेटले सोही दिशा अवलम्बन गरिने बताए।
'७ प्रतिशत आर्थिक वृद्धिदर बनाउन सके मात्रै ५/७ वर्षमा १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ,' उनले भने ।