चालु आर्थक वर्षको नौ महिनाको अवधिमा दुई खर्ब २२ अर्ब रूपैयाँ बराबरको वस्तु निर्यात भएको छ।
अघिल्लो वर्ष यसै समयमा १ खर्ब ८८ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो।
चालु वर्षको सुरूवाताको महिनामा ९० प्रतिशतसम्मको वृद्धिदर कायम भएकोमा कमी आउदा ९ महिनाको अवधिमा १८.४६ प्रतिशको वृद्धिदर सीमित देखिएको छ।
मुख्य निर्यात हुने भटमास तथा सूर्यमुखी तेलमा पछिल्ला महिनामा कमी आएको, नर्माण सामाग्रीको निर्यातमा कमी आएको कारण पनि सुरूवाती महिनाको बराबरको वृद्धिदर नदेखिएको भन्सार तथ्यांकले देखाएको छ।
भन्सार विभागको तथ्यांक अनुसार नौ महिनाको वस्तु आयात १४ खर्ब ९० अर्ब रूपैयाँ पुगेको छ।
अघिल्लो वर्ष यसै समयमा १३ खर्ब नौ अर्ब रूपैयाँको वस्तु आयात भएको थियो।
समग्र अन्तर्राष्ट्रिय व्यापार १७ खर्ब १३ अर्ब रूपैयाँ छ।
अघिल्लो वर्षकव यसै समयको तुलनामा यो १४.४० प्रतिशतले बढी हो।
व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुगेको छ।
यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १३ प्रतिशतले बढी हो।