आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशक पदको जिम्मेवारी सह-सचिव रमेश अर्याललाई तोकिएको छ।
यो विभागमा दुई साता अघिबाट महानिर्देशक रिक्त रहेको छ।
अर्थ मन्त्रालयको मंगलबारको निर्णयबाट अर्याललाई निमित्तको जिम्मेवारी दिइएको हो।
उनी यसअघि विभागको उप-महानिर्देशकमा कार्यारत थिए।
बजेटको मुखमा विभागका तत्कालीन महानिर्देशक मदन दाहाललाई सरुवा गरिएपछि निमित्तको जिम्मेवारी अर्याललाई दिइएको हो।