अर्थ मन्त्रालय मातहतका दुई सहसचिव सरूवा भएका छन्।
मंगलबारको मन्त्रिपरिषद बैठकबाट उनीहरूको सरूवा भएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सहसचिव रामकृष्ण पुडासैनीको सरूवा भएको छ।
उनलाई घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
त्यस्तै, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक तथा सहसचिव विष्णुप्रसाद ज्ञवाली गृह मन्त्रालयमा सरूवा भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरमन्त्रालय तथा विभिन्न निकायमा १७ जना सचिवको सरूवा गरेको थियो।
तर, अर्थ मन्त्रालयमा भने नयाँ सहसचिवको प्रवेश भएको छैन।
यससँगै अर्थ मन्त्रालयमा ३ सहसचिवको रिक्त देखिएको छ।