चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोज) सम्ममा पाँच खर्ब ५३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा यही अवधिमा भने चार खर्ब आठ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
यो अवधिमा रेमिटेन्स भित्रने दर ३५ प्रतिशतले बढेको हो।
असोज एक महिनामा हालसम्मकै धेरै दुई खर्ब एक अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
पछिल्लो ३२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ।
तीन महिनामा तीन अर्ब ७६ करोड रूपैयाँ रेमिटेन्स बाहिरीएको छ। गत वर्षको यही अवधिमा एक अर्ब ८२ करोड रूपैयाँ बाहिरीएको थियो।
यो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ।
गत आर्थिक वर्षमा यो अवधिमा एक लाख ७० हजारले नयाँ र पुन: श्रम स्वीकृति लिएकोमा यस वर्ष दुई लाख सात सयले यस्तो स्वीकृति लिएका छन्।