वैदेशिक रोजगार विभागका अनुसार पुस महिनामा वैदेशिक रोजगारीका लागि ६२ हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन्।
विभागका अनुसार जसमा ५५ हजार ५४१ पुरुष र सात हजार १८ जना महिला गरी कुल ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका हुन्।
जसमा उच्च दक्षता भएका ५४ जना छन्।
व्यवसायिक कामका लागि २३६ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ।
अर्धदक्ष ९ हजार ९७५, दक्ष ३८ हजार २०२ र अदक्ष १४ हजार ९२ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ।
नेपालबाट संस्थागत रूपमा १११ र व्यक्तिगत श्रम स्वीकृति लिएर १६० भन्दा धेरै मुलुकमा नेपालीहरू जाने गरेका छन्।
हरेक महिना जस्तो नयाँ तथा पुनः श्रम स्वीकृति लिएर ६० हजारभन्दा धेरै युवाहरू रोजगारीको खोजिमा देश छाडिरहेको देखिन्छ।