गोरखापत्र संस्थानले विभिन्न पदमा ९१ जना कर्मचारी मागेको छ।
शुक्रबार सूचना जारी गर्दै गोरखापत्र संस्थानले नवौं तहदेखि दोस्रो तहसम्म विभिन्न पदमा कर्मचारी मागेको हो।
संस्थानले एक जना नायब कार्यकारी सम्पादक, नेपाली र अंग्रेजी समूह गरी १६ जना समाचारदाता, फोटोग्राफ र कलातर्फ २ जना, सामान्य प्रशासनतर्फ १४ जना, लेखातर्फ १३ जना, ९ जना बजार अधिकृत लगायत विभिन्न पदमा विभिन्न संख्यामा कर्मचारी मागेको हो।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन ७ गतेसम्म र दोब्बर दस्तुर तिरेर फागुन १४ गतेसम्म दरखास्त दिन सकिनेछ।
