दक्षिण कोरियाली कम्पनी सामसङले नेपाली उपभोक्ताका लागि क्युएलइडी टिभीमा भिजन एआई प्रविधि ल्याउने भएको छ।
सामसङ नेपालले आफ्नो प्रिमियम २०२५ क्युएलइडी टिभी मोडलको नयाँ लाइनअप सार्वजनिक गरेसँगै यो प्रविधि भित्र्याउन लागेको हो।
यस सुरूआती प्रस्तुतिको केन्द्रमा रहेको सामसङ भिजन एआईले नयाँ पुस्ताको एआई क्षमतासहित अद्धित्तीय होम इन्टर्टेन्मेन्ट अनुभव दिनेछ।
सामसङ भिजन एआईको अत्याधुनिक प्रविधिले तस्वीर र आवाजलाई एआईबाट अझ शक्तिशाली बनाउँदै, प्रयोगकर्तालाई व्यक्तिगत अनुभव दिन्छ।
‘सामसङ भिजन एआईले व्यक्तिगत र एआई–समर्थित स्क्रिन अनुभवको नयाँ युग सुरू गरेको छ। जहाँ हेर्ने व्यक्तिको प्राथमिकता हेर्ने सामग्रीभन्दा पनि महत्वपूर्ण हुन्छ,’ सामसङ नेपालका सिई बिजनेस हेड मिलन कुमार झाले भने, ‘यस एआई सञ्चालित स्क्रिनहरूको नयाँ युगसँगै, हामी नयाँ पुस्ताका टिभीहरू छिटो अपनाइनेमा र प्रिमियम टिभी सेग्मेन्टमा हाम्रो नेतृत्व अझ मजबुत हुनेमा आत्मविश्वासी छौं।’
सामसङ भिजन एआईले स्क्रिनहरूलाई अझ स्मार्ट, सहज र व्यक्तिगत बनाउन ठूलो फड्को मारेको छ।
यसले टेलिभिजनलाई केवल डिस्प्ले नभई, वरिपरिको वातावरण र प्रयोगकर्ताको बानीअनुसार प्रतिक्रिया दिने स्मार्ट हबमा रूपान्तरण गर्छ।
सामसङको यो क्युएलइडी फोके लाइनअपमा क्युए८५क्यु७एफ, क्युए७५क्यु७एफ, क्युए६५क्यु८एफ, क्युए५५क्यु८एफ मोडलहरू प्रमुख आकर्षण बनेका छन्।
यी टिभीका मूल्य आकार अनुसार एक लाख ८२ हजार ९ सय ९० देखि तीन लाख ९९ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।
२०२५को सामसङ एआई टिभीहरु मा बिल्ट–इन स्मार्टथिंग्स हब समावेश गरिएको छ। जसले टिभीलाई स्मार्ट होमको कन्ट्रोल सेन्टरमा बदल्छ। यसमार्फत प्रयोगकर्ताले घरका विभिन्न स्मार्ट उपकरणहरू सजिलै जडान र नियन्त्रण गर्न सक्छन्।
सुरक्षाका लागि यी टिभीहरू सामसङ नक्स् प्लाटफर्मले मजबुत बनाइएका छन्। यसले प्रयोगकर्ताको डेटा र गोपनीयता सुरक्षित राख्छ, अनधिकृत परिवर्तन पत्ता लगाएर रोक्छ, फिसिङ वेबसाइटहरू ब्लक गर्छ, र व्यक्तिगत जानकारीलाई नक्स् भल्ट मार्फत थप सुरक्षित बनाउँछ।
भविष्यलाई ध्यानमा राख्दै, सामसङ ले आफ्नो २०२५ एआई टिभी लाइनअपमा ७ वर्षसम्म निःशुल्क ओएस अपग्रेड उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
यससँगै सामसङले क्रिष्टल युएचडी, एफएचडी र एचडी टिभीहरू पनि भित्र्याएको छ। यी टिभीको मूल्य आकार अनुसार ३८ हजार ९ सय ९० देखि एक लाख ४५ हजार ९ सय ९० रूपैयाँ तोकिएको छ।