दर्ता नभएका कारणले बन्द हुने सूचीमा रहेको 'हाम्रो पात्रो एप' ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ।
सूचीकरणका लागि हाम्रो पात्रोले आधिकारिक रूपमा निवेदन दिएको मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले बताए।
‘निवेदन दिएको छ। नेगेटिभ लिस्टबाट हाम्रो पात्रो पोजिटिभ लिस्टमा राखिसक्यौं,’ उनले भने, ‘अरू कागजातहरू आउने क्रममा छन्।’
मन्त्रालयको निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई पठाएको पत्रमा २६ वटामध्ये हाम्रो पात्रो पनि समावेश थियो।
अहिले नेपालमा पाँच वटा सामाजिक सञ्जालमात्रै सूचीकरण भएको छन्। भाइबर, वि-टक, टिकटक, निम्बज र पोपोलाइभ सूचीकरण भइसकेका छन्।
त्यस्तै, टेलिग्राम र ग्लोबल डायरी सूचीकरण हुने क्रममा छन्।