सामसङ नेपालले एम–सिरिज अन्तर्गत ग्यालेक्सी एम–१७ फाइभजी स्मार्टफोन बजारमा ल्याएको छ।
कम्पनीले यो फोनलाई नयाँ प्रविधि, बलियो प्रदर्शन र आकर्षक रूपरचनासहित सार्वजनिक गरेको हो।
यस स्मार्टफोनमा पहिलोपटक क्यामरा हल्लिन नदिने प्रविधि (अप्टिकल इमेज स्टेबलाइजेसन) प्रयोग गरिएको छ, जसका कारण चलायमान अवस्थामा समेत स्थिर र स्पष्ट तस्बिर लिन सकिने कम्पनीले जनाएको छ।
‘ग्यालेक्सी एम–१७ फाइभजी मार्फत हामीले प्रविधि र प्रिमियम क्यामरा सुविधा नेपाली प्रयोगकर्तासम्म पुर्याएका छौं। यो नयाँ फोन साहसी, सिर्जनात्मक र सधैं गतिशील प्रयोगकर्ताका लागि उपयुक्त छ,’ सामसङ नेपालका एमएक्स व्यवसाय निर्देशक प्रणय रत्न स्थापित भने।
फोनमा ६.७ इन्चको फुल एचडी प्लस सुपर एमोलिड डिस्प्ले जडान गरिएको छ।
ग्राहकले यो फोन ४ जिबी/१२८ जिबी र ६ जिबी/१२८ जिबी क्षमतामा किन्न पाउँने छन्। फोनको मूल्य क्रमशः २५ हजार ९ सय ९९ र २७ हजार ९ सय ९९ राखिएको छ।
सामसङले एचएफएलसँग सहकार्य गर्दै इन्स्टा फाइनान्स योजना पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकले अग्रिम रकम बिना सजिलो किस्तामा फोन खरिद गर्न सक्नेछन्।