दक्षिण कोरियाली मोबाइल कम्पनी सामसङले सामसङ ग्यालेक्सी ट्याब–ए११ सार्वजनिक गरेको छ।
शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र दैनिक उपयोगका लागि भरपर्दो क्षमतासहित प्रस्तुत गरिएको यो ट्याब विद्यार्थी, युवा पेशाकर्मीदेखि परिवारसम्म सबैका लागि लक्षित गरिएको छ।
८.७ इन्चको ठूलो डिस्प्ले भएको यस ट्याबले चलचित्र हेर्दा, गेम खेल्दा वा अनलाइन कक्षा लिँदा सहज अनुभव दिन्छ।
यसमा समावेश भएको प्रोसेसरले एकसाथ धेरै काम गर्दा पनि गति नघट्ने, एपहरू छिट्टै चल्ने र स्ट्रिमिङमा कुनै समस्या नआउने कम्पनीले जनाएको छ।
यो हल्का र पातलो भएकाले प्रयोगकर्ताले सजिलै बोक्न सक्छन्। ५१०० एमएएच क्षमताको ब्याट्रीले दिनभर चल्ने उर्जासमेत उपलब्ध गराउँछ।
यसले सामसङको ग्यालेक्सी इकोसिस्टमसँग सहजसँग काम गर्ने भएकाले मोबाइलमा आएका सूचना हेर्न, फाइल सेयर गर्न वा डिभाइसहरूबीच समन्वय गर्न झन्झट हुँदैन।
सामसङले यो ट्याबमा ७ वर्षसम्मको अपरेटिङ सिस्टम अपडेट र ७ वर्षको सुरक्षा अपडेट दिने घोषणा गरेको छ, जसले लामो समयसम्म प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो सेवा सुनिश्चित गर्छ।
यसमा बालबालिकाका लागि किड्स मोड, अभिभावक नियन्त्रण तथा एकै डिभाइसलाई धेरैले छुट्टाछुट्टै प्रोफाइल बनाएर प्रयोग गर्न मिल्ने सुविधा पनि राखिएको छ।
सामसङ नेपालका एमएक्स निर्देशक प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी ट्याब–ए११ ले नेपाली उपभोक्तालाई सामसङको विश्वसनीयता, नवप्रवर्तन र पहुँचयोग्य प्रविधिको अनुभव अझ सहज बनाउने छ।
यो देशभरका अधिकृत सामसङ स्टोर तथा खुद्रा सञ्चालकमा उपलब्ध छ।
एलटिइ भेरियन्ट (८ जिबी/१२८ जिबी) को मूल्य ३० हजार ९९९ रुपैयाँ र वाइफाई भेरियन्ट (४ जिबी/६४ जिबी) को मूल्य १९ हजार चार सय ९९ रुपैयाँ तोकिएको छ।
हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्समार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा सजिलो किस्ता योजनामा पनि नयाँ डिभाइस किन्न सक्ने व्यवस्था गरिएको छ।