अनलाइन बजार प्लेटफर्म दराज मा सुरू भएको १२.१२ अफर अन्तर्गत एमडब्लुसी ब्रान्डका प्रिमियम विद्युतीय सामानहरूमा आकर्षक छुट उपलब्ध भएको छ।
अफर अनुसार उच्च–गुणस्तरको ध्वनि (हाई–रेज अडियो) समर्थन गर्ने, ६ वटा माइक्रोफोन सहितको मिश्रित सक्रिय आवाज–निरोध प्रणाली (हाइब्रिड एएनसी) भएको नयाँ प्रिमियम इयरबड ‘इयरपोड्स प्रो–२’ मा छुट पाइने भएको छ।
८ हजार ९ सय ९९ पर्ने इयरपोड्स प्रो–२ अहिले ग्राहकले तीन हजार ६ सय ९९ रूपैयाँमै पाउने छन्।
दराज १२.१२ अफर अन्तर्गत यो छुट मंसिर २६ गते राति ८ बजेपछि लागू हुनेछ।
यससँगै सामान्यतया १२ हजार पर्ने ‘क्यालिस्टो वाच प्रो–२’ पनि विशेष छुटसहित ७ हजार ५ सय रूपैयाँमा उपलब्ध छ।
मजबुत संरचना भएको यो स्मार्ट घडी टिकाउपनका कारण चर्चामा छ।
एमडब्लुसीले यस अफरमा उच्च–गुणस्तरको डेटा केबल सहित आफ्ना अन्य सबै प्रोडक्टहरूमा पनि आकर्षक छुट दिइएको जानकारी दिएको छ।
कम्पनीका अनुसार यो अफर सीमित स्टकका लागि मात्र उपलब्ध हुने भएकाले उपलब्धतासँगै छुटको फाइदा लिन आग्रह गरिएको छ।