नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण पारित गर्दै ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) तथा १२ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय स्वीकृत गरेको छ।
साधारण सभाबाट सुबास शर्मा र सौगात केसी पुनः सञ्चालकमा निर्वाचित भएका छन्। त्यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ का लागि पिकेएफ टी आर उपाध्याय एण्ड कम्पनी लेखापरीक्षक नियुक्त गरिएको छ।
सभामा कम्पनीले आगामी दिनमा आइपिओ समेत जारी गर्ने योजना रहेको बताएको छ।