डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो ब्रान्ड प्रवर्द्धकका रूपमा पुनः अनुबन्ध गरेको छ।
विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो।
पुस १८ गते पुल्चोकस्थित इसेवा मनी ट्रान्सफरको प्रधान कार्यालय पुलचोक, ललितपुरमा एक विशेष कार्यक्रमबीच कार्यालयका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीबीच पुनः ब्रान्ड प्रवर्द्धक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
कार्यक्रममा ब्रान्ड प्रवर्द्धक दिपेन्द्र सिंह ऐरीले इसेवा मनी ट्रान्सफर जस्तो डिजिटल प्रविधिलाई आत्मसात गर्ने संस्थासँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे।
सम्झौता अनुसार ऐरीले इसेवा मनी ट्रान्सफरले प्रदान गरिरहेको डिजिटल रेमिटेन्स सेवाको प्रचार गर्दै ‘ब्राण्ड प्रवर्द्धक’ को रूपमा कार्य गर्नुका साथै सुरक्षित र भरपर्दो माध्यमबाट रेमिटेन्स पठाउनका लागि सचेतना फैलाउन सक्रिय भुमिका खेल्नेछन्।
कार्यक्रममा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले नेपाली क्रिकेटलाई अगाडि बढाउनमा महत्त्वपूर्ण योगदान दिँदै आएका एक प्रमुख खेलाडी दिपेन्द्र सिंह ऐरी जस्ता प्रतिभाशाली व्यक्तित्वलाई ब्रान्ड प्रवर्द्धकका रूपमा निरन्तरता दिन पाउनु आफैंमा गर्वको विषय भएको बताए।
नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान दिएका दिपेन्द्र जस्तो प्रतिभाशाली र अनुशासित व्यक्तित्वलाई ब्रान्डसँग पुनः जोड्न पाउँदा कम्पनी गौरवान्वित भएको र उनको संलग्नताले डिजिटल रेमिटेन्सको प्रवर्द्धनमा थप ऊर्जा थप्ने कम्पनि विश्वास गरेको समेत उनले बताए।
इसेवा मनी ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र देशभर रहेका आफ्ना भुक्तानी केन्द्रमार्फत उत्कृष्ट रेमिटेन्स सेवा प्रदान गर्दै आइरहेको छ।