प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ।
यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ।
यो सिरिजको सबैभन्दा उन्नत मोडेल रेड्मी नोट १५ प्रो+ ५जीमा ६,५०० एमएएच सिलीकोन–कार्बोन (एसआइसी) ब्याट्री रहेको छ जसमा १० प्रतिशत एसआइसी सामग्री छ।
यसमा १००वाट हाइपरचार्ज रहेको छ जसले करिब ४० मिनेटमै पूर्ण चार्ज गर्छ। साथै २२.५वाट रिभर्स चार्जिङ सुविधा पनि उपलब्ध छ।
रेड्मी नोट सिरिजमा पहिलो पटक एसआइसी ब्याट्री प्रविधि प्रयोग गरिएको छ, जसले सानो आकारमा बढी ऊर्जा क्षमता दिन्छ ।
सबै प्रो मोडेलहरूमा यो एसआइसी ब्याट्रीले साओमी सर्ज ब्याट्री म्यानेजमेन्ट सिस्टमसँग मिलेर १,६०० चार्ज साइकलपछि पनि ८० प्रतिशत वा बढी क्षमता कायम राख्छ, जुन लगभग ६ वर्षको सामान्य प्रयोगको बराबर हो।
यस डिभाइसले आइपी६६/आइपी६८/आइपी६९/आइपी६९के प्रमाणीकरण हासिल गरेको छ र एसजीएस–प्रमाणित २.५ मिटर ड्रप प्रतिरोधक क्षमता छ।
कोर्निङ गोरिल्ला ग्लास विक्टस २ र फाइबरग्लास–कम्पोजिट निर्माणले यसलाई थप बलियो बनाएको छ।
स्न्यापड्रागन ७ एस जेन ४ मा चल्ने यस डिभाइसमा साओमी हाइपर एआई (एआई राइटिङ, स्पिच रिकग्निसन, र इन्टरप्रिटर सहित), साओमी सर्ज टि१एस ट्युनर र किलोमिटर दूरीसम्म काम गर्ने अफलाइन कम्युनिकेसन सुविधा रहेको छ।
रेड्मी नोट प्रो+ ५जीमा २००एमपी प्राइमरी क्यामरा छ जसमा २एक्स र ४एक्स अप्टिकल–लेभल इन–सेन्सर जुम र ओआइएस फिचर छ।
यसमा विश्वभर पहिलो पटक २००एमपी एचपिई इमेज सेन्सर प्रयोग गरिएको छ। एउटै लेन्स, ५ फोकल लेन्थ डिएजी एचडिआर र उन्नत एआई प्रशोधनले विभिन्न प्रकाशमा पनि विस्तृत र वास्तविक तस्बिरहरू दिन्छ।
यसमा भएको ६.८३–इन्चको १.५के एमोलेड क्रिस्टल रेस डिस्प्लेले ३,२०० निट्स पिक ब्राइटनेस दिन्छ र डुअल स्पिकरहरूले ४०० प्रतिशत भोल्युम बुस्टको साथ इमर्सिभ मल्टिमिडिया अनुभव दिन्छ।
कनेक्टिभिटीको लागि प्रो मोडेलहरूमा फ्ल्यागशिप–लेभल साओमी अफलाइन कम्युनिकेसन सुविधा छ, जसले नेटवर्क कभरेज नभएको अवस्थामा पनि किलोमिटर–स्तरको आवाज प्रसारण गर्न सक्छ।
रेड्मी नोट १५ प्रो+ ५जी मा साओमी सर्ज टि१एस ट्युनर पनि छ, जसले वाइफाइ, ब्लुटुथ®, जिपिएस र सेलुलर नेटवर्कहरूमा बलियो र स्थिर कनेक्टिभिटी दिन्छ।
यो कालो, ग्लेसियर निलो र मोका ब्राउन रंगमा उपलब्ध छ।
रेड्मी नोट १५ प्रो ५जी मोडेलमा पनि २००एमपी क्यामरा सिस्टम र आइपी६६, आइपी६८, आइपी६९, आइपी६९के रेटिङ छ तर मिडियाटेकको डाइमेन्सिटी ७४०० अल्ट्रा प्रोसेसर प्रयोग गरिएको छ।
६,५८० एमएएच सिलीकोन कार्बन ब्याट्रीले १,६०० साइकलपछि (लगभग छ वर्ष) ८० प्रतिशत क्षमता कायम राख्छ र ४५डब्लूमा चार्ज हुन्छ।
एआई क्रिएटिभिटी असिस्टेन्टमा एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, र एआई रिमुभ रिफ्लेक्सन जस्ता उन्नत टुलहरू छन्। ६.८३–इन्चको डिस्प्ले प्रो+ को जस्तै छ।
यस मोडेलमा साओमी अफलाइन कम्युनिकेसन छ र गुगल जेमिनी सर्कल टु सर्च समर्थन गर्छ।
यो कालो, ग्लेसियर निलो, टाइटेनियम र मिस्ट पर्पल रंगमा उपलब्ध छ।
रेडमी नोट १५ ५जी मोडेल ७.३५ मिलिमिटर प्रोफाइलसहित रेडमी नोटको सबैभन्दा पातलो डिभाइस हो, तर यसमा ५,५२० एमएएच सिलिकन–कार्बन ब्याट्री छ।
१०८ मेगापिक्सेल क्यामराले ३ गुणा इन–सेन्सर जुम र ओआइएस दिन्छ र पातलो भए पनि आइपी६६ वाटर रेजिस्टेन्स कायम छ।
स्न्यापड्रागन ६ जेन ३ मा चल्ने यो यन्त्रमा ४५ वाट चार्जिङ छ र ६.७७ इन्चको एमोलेड डिस्प्लेले ३,२०० निट पिक ब्राइटनेस दिन्छ।
एआई एडिटिङ टुलहरूमा इरेज, रिमुभ रिफ्लेक्सन, स्काई, बोके र ब्युटिफाई प्रकार्यहरू छन्।
डुअल स्पिकरहरूले डल्बी एट्मोस सहित ३०० प्रतिशत भोल्युम बुस्ट दिन्छ र यसमा एनएफसी र इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सिङ समर्थन छ।
यो कालो, ग्लेसियर निलो र मिस्ट पर्पल रंगमा उपलब्ध छ।
रेड्मी नोट १५ ४जी मोडेलमा ६,००० एमएएच ब्याट्री र १०८ मेगापिक्सेल क्यामरा छ जसमा ३ गुणा अप्टिकल–स्तर टेलिफोटो छ।
मिडियाटेक हेलियो जी१०० अल्ट्रा मा ४जी कनेक्टिभिटीसहित चल्ने यो यन्त्रको ६.७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हट्र्ज रिफ्रेस रेट र ३,२०० निट ब्राइटनेस छ।
आइपी६४ सुरक्षा, ३३ वाट चार्जिङ, डल्बी एट्मोस सहितको डुअल स्पिकरहरू र समान एआई एडिटिङ सुइट छ।
कालो, ग्लेसियर निलो, मिस्ट पर्पल र फरेस्ट हरियो रङमा उपलब्ध यो मोडेल ८ जिबी र्याम र ५१२ जिबी क्षमतासम्म आउँछ र हाइब्रिड सिम स्लट मार्फत स्टोरेज विस्तार गर्न सकिन्छ।
रेड्मी टाइटन, मजबुत बनावटमा तयार गरिएको, लामो समय टिक्ने ब्याट्री, झर्दा पनि कमैमात्र क्षति हुने क्षमता तथा धुलो र पानीबाट सुरक्षित रहने सुविधाहरू यो सिरिजमा छन्।
सम्पूर्ण लाइनअपमा नयाँ प्रविधिको स्न्यापड्रागन र मिडियाटेक चिपसेटहरूले छिटो प्रदर्शन, सहज ग्राफिक्स र सुधारिएको ऊर्जा दक्षता दिन्छन्। सबै मोडेलहरूले गुगल जेमिनी र सर्कल टु सर्च समर्थन गर्छन्।
६ जिबी+१२८ जिबीदेखि १२ जिबी+५१२ जीबी सम्मका भेरियन्टहरूमा उपलब्ध, प्रत्येक मोडेलमा वेट टच २.० (भिजेको स्क्रिनमा पनि सहज सञ्चालन), गुगल जेमिनी एकीकरण, सर्कल टु सर्च र साओमी हाइपरओएस छ।
रेड्मी नोट १५ सिरिजको लन्च उत्सवको अवसरमा साओमीले २०२६ जनवरी १९ देखि फेब्रुअरी १४ सम्म विशेष अफर सार्वजनिक गरेको छ।
यस अवधिमा सबै मोडेलहरूसँग साओमी बड्समा विशेष छुटको साथ बन्डलिङ अफर पनि उपलब्ध छ। रेड्मी नोट १५ सिरिजका सबै मोडेलहरूमा ९ महिना शून्य प्रतिशत इएमआई सुविधा छ।
रेड्मी नोट १५ प्रो+ ५जीको १२ जिबी + ५१२ जिबी र ८ जिबी + २५६ जिबीको मूल्य ६६ हजार ९९९रूपैयाँ र ५९ हजार ९९९ रूपैयाँ रहेको छ।
त्यस्तै रेड्मी नोट १५ प्रो ५जीको १२ जिबी+ ५१२ जिबी र ८ जिबी + २५६ जिबीको मूल्य ५६ हजार ९९९रूपैयाँ र ४९ हजार ९९९ रूपैयाँ छ।
साथै रेड्मी नोट १५ ५जीको १२ जिबी+ ५१२ जिबी र ८ जिबी + २५६ जिबीको मूल्य ४६ हजार ९९९ रूपैयाँ र ३९ हजार ९९९ रूपैयाँ छ भने रेड्मी नोट १५ ४जीको ८ जिबी + २५६ जिबी र ६ जिबी + १२८ जिबी मूल्य ३५ हजार ९९९ रूपैयाँ र २९ हजार ९९९ रूपैयाँ रहेको छ।