मोबाइल वर्ल्ड कर्पोरेसन (एमडब्ल्युसी) ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा 'एथरवन वाच प्रो' प्रिमियम स्मार्ट वाच विशेष छुट मूल्यमा सार्वजनिक गर्ने भएको छ।
१९ हजार ९९९ रूपैयाँ मूल्य पर्ने यो स्मार्ट वाचलाई लन्चिङ अफर अन्तर्गत ९ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
वार्षिकोत्सव लन्च अफर अन्तर्गत पहिलो १०० जना ग्राहकले ३ हजार रूपैयाँ बराबरको अतिरिक्त डिस्काउन्ट भाउचर प्राप्त गर्नेछन्।
सो भाउचर प्रयोग गरेपछि ग्राहकले यो स्मार्ट वाच जम्मा ७ हजार रूपैयाँमै खरिद गर्न सक्नेछन्।
'एमडब्ल्युसी एथरवन वाच प्रो' मा बिटी ५.३ प्रविधि सहित जिपिएस, कम्पास, अल्टिमिटर, ब्यारोमिटर जस्ता एड्भान्स्ड फिचरहरू उपलब्ध छन्।
साथै, वाचमै म्युजिक सुन्न मिल्ने टिडब्लुएस इयरबड कनेक्टिभिटी, एआई सपोर्ट, न्वाइज मोनिटरिङ, मोसन गेम सेन्सर र रोटेटिङ क्राउन (पावर स्विच) समेत समावेश गरिएको छ।
यस स्मार्ट वाचमा १.४३ इन्चको एचडी एमोलेड डिस्प्ले (६० हर्ज, ४६६×४६६ पिक्सेल) र हाई-हार्डनेस शिल्ड ग्लास प्रयोग गरिएको छ।
५५० एमएएच क्षमताको ब्याट्री रहेको यस वाचले ७ देखि १० दिनसम्मको प्रयोग समय प्रदान गर्ने कम्पनीको दाबी छ।
साथै, ५ एटिएम वाटरप्रुफ क्षमता, म्याग्नेटिक फास्ट चार्जिङ र 'अलवेज अन डिस्प्ले' फिचर पनि उपलब्ध छन्।
२ जिबी स्टोरेज क्षमतासहित म्युजिक, भिडिओ, इबुक र भ्वाइस रेकर्डिङको सुविधा दिइएको यस वाचमा एकै बटनबाट ब्लुटुथ कल गर्न मिल्ने सुविधा छ।
दिनभरि स्वास्थ्य निगरानी, मुटुको धड्कन तथा रगतमा अक्सिजनको मात्रा मापन, महिलाको शारीरिक चक्र ट्र्याकिङ, सेडेन्टरी रिमाइन्डर, १०० भन्दा बढी स्पोर्ट्स मोड र नेपाली भाषा सपोर्ट समेत यसमा समावेश गरिएको छ।
ओपन हार्मोनी अपरेटिङ सिस्टममा आधारित यो स्मार्ट वाच 'अन वेयर प्रो'एपमार्फत सञ्चालन गर्न सकिनेछ।
‘एथरवन वाच प्रो’ कम्पनीको आधिकारिक वेबसाइट, दराज, इसागुन, खल्ती र साइबजारमार्फत लन्च गरिने जनाइएको छ।