सामसङले आगामी ग्यालेक्सी स्मार्टफोनको आधिकारिक लन्चभन्दा अघि ग्राहकहरूलाई लक्षित गर्दै विशेष 'ह्यान्ड रेजर' प्रि–रिजर्भ अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले नयाँ ग्यालेक्सी स्मार्टफोन अग्रिम बुकिङ गरी अधिकतम २० हजार ९९९ रूपैयाँसम्मको विशेष लाभ प्राप्त गर्न सक्नेछन्।
यो सीमित अवधिको अफरमार्फत योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सकिने व्यवस्था गरिएको छ।
प्रि–रिजर्भ गर्ने ग्राहकहरूले निम्न लाभ प्राप्त गर्नेछन्:
• १ टेराबाइटसम्मको मेमोरी अपग्रेड (१५ हजार रूपैयाँ बराबर)
• ६० वाटको फास्ट चार्जर (५ हजार ९९९ रूपैयाँ बराबर)
यो एक्सचेन्ज सुविधा निम्न प्रिमियम स्मार्टफोनहरूका लागि उपलब्ध हुनेछ:
• ग्यालेक्सी एस २३, एस २४ तथा एस २५
• आईडिभाइस १४, १५ र १६
ह्यान्ड रेजर अफर २३ फेब्रुअरीदेखि २६ फेब्रुअरी २०२६ सम्म मात्र लागु हुनेछ।
यस अवधिमा ग्राहकहरूले दर्ता गरी आफ्नो योग्य डिभाइस एक्सचेन्ज गर्दै नयाँ एआई–सञ्चालित स्मार्टफोन आकर्षक मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन्।
यस पहलले सामसङको ग्राहकलाई अर्थपूर्ण अपग्रेड, थप सुविधा तथा उत्कृष्ट मूल्य प्रदान गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ, जसका कारण ग्राहकहरू नवीनतम अनुभव गर्ने पहिलोमध्ये पर्न सक्नेछन्।
ग्राहकहरूले samsungcampaigns.com मा गई ह्यान्ड रेजर अफर चयन गरी आफ्नो विवरण भरेर तथा एक्सचेन्ज दर्ता प्रक्रिया पूरा गरी प्रि–रिजर्भ सुनिश्चित गर्न सक्नेछन्।
ह्यान्ड रेजरका चरणहरू:
चरण १: samsungcampaigns.com मा गएर क्युआर कोड स्क्यान गर्नु पर्नेछ।
चरण २: ह्यान्ड रेजर अफरअन्तर्गत ‘दर्ता गर्नुहोस्’ बटनमा क्लिक गर्ने।
चरण ३: आफ्नो मनपर्ने खुद्रा विक्रेता चयन गर्ने।
चरण ४: किन्ने डिभाइस भेरियन्ट र एक्सचेन्ज गर्न चाहेको डिभाइससहित विवरण भरी पेश गर्ने।
चरण ५: पूर्वसर्तहरू जाँच गरी हालको डिभाइसको अवस्था पुष्टि गर्ने।
चरण ६: अफर सुरू भएपछि अभियान वेबसाइटमा गई प्राप्त ओटिपी प्रविष्ट गर्ने।
चरण ७: प्रि–अर्डर फाराम पूरा गरी पेश गर्नुहोस्, त्यसपछि अर्को ओटिपी प्राप्त हुनेछ।
चरण ८: नयाँ ग्यालेक्सी स्मार्टफोन आइपुग्दा चयन गरिएको खुद्रा विक्रेतामा ओटिपीसहित गई डिभाइस प्राप्त गर्न सकिनेछ।
सामसङका अधिकृत स्टोरहरूमा उपलब्ध हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा–फाइनान्स सेवामार्फत ग्राहकहरूले शून्य प्रतिशत ब्याज, शून्य प्रतिशत डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ताबन्दी सुविधामा नयाँ ग्यालेक्सी स्मार्टफोन सहजै किन्न सक्नेछन्।