सामसङ स्मार्ट प्लाजाले सोमबार इमाडोल, ललितपुरमा आफ्नो नयाँ १५औं आउटलेटको औपचारिक उद्घाटन गरेको छ।
यसले नेपालमा सामसङको खुद्रा उपस्थितिलाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ।
उक्त सोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ युके जङस तथा गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा तथा हिम इलेकट्रोनिक्सकी निर्देशक सीमा गोल्छाद्वारा गरिएको थियो।
सामसङको नवप्रवर्तन पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धताका लागि यो कदमलाई कम्पनीले महत्त्वपूर्ण मानेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै जङले नेपालमा सामसङको किफायती, पहुँचयोग्य र सहज ओम्नी च्यानल ग्राहक अनुभवप्रतिको ध्यानलाई पुनः पुष्टि गरेको बताए ।
उनले विभिन्न उत्पादनहरूमा २४ महिनासम्मको इएमआई सुविधाको विस्तारसँगै अब अझ धेरै नेपाली परिवारहरूले प्रिमियम स्मार्टफोन, टिभी र होम अप्लायन्सहरू थप वित्तीय लचकताका साथ प्राप्त गर्न सक्ने बताए।
सामसङ प्लाजाहरू केवल बिक्री केन्द्र मात्र नभई ग्राहकहरूले सामसङ उत्पादन छनोट गर्नुअघि हेर्न, छुन, तुलना गर्न र विश्वसनीय परामर्श प्राप्त गर्न सक्ने अनुभव गन्तव्यका रूपमा डिजाइन गरिएका छन्।
नयाँ सामसङ स्मार्ट प्लाजाले विशेषज्ञ मार्गदर्शनसहित आधुनिक किनमेल वातावरण प्रदान गर्दछ, जहाँ स्मार्टफोन, टेलिभिजन, होम अप्लायन्स र उन्नत इलेकट्रोनिक्ससहित सामसङका आधिकारिक उत्पादनहरूको विस्तृत दायरा उपलब्ध छ।
सामसङ स्मार्ट प्लाजाले इमाडोल र आसपासका क्षेत्रका ग्राहकहरूलाई नयाँ आउटलेट भ्रमण गरी अझ स्मार्ट र जोडिएको किनमेल अनुभव लिन आग्रह गरेको छ ।