नेपालको पहिलो डिजिटल रिवार्ड्स प्लेटफर्म फोनपोइन्ट्सले आफ्नो बहुप्रतीक्षित '२.२' उत्सव आधिकारिक रूपमा घोषणा गरेको छ।
जेठ २ गतेदेखि सञ्चालनमा आउने यो उत्सव यस वर्षकै सबैभन्दा ठूलो र वृहत् 'रिवार्ड फेस्टिभल' का रूपमा चर्चामा छ।
यस '२.२ उत्सव' अन्तर्गत खाना, लाइफस्टाइल, ट्राभल तथा मनोरञ्जनलगायत विभिन्न क्षेत्रका आकर्षक अफरहरू एकै प्लेटफर्ममा उपलब्ध गराइएको छ।
२.२ उत्सवको सबैभन्दा विशेष पक्ष यसको सहजता र पहुँचयोग्यता हो, जहाँ प्रयोगकर्ताहरूले केवल २ पोइन्ट प्रयोग गरेर नै विभिन्न अफरहरू रिडिम गर्न सक्नेछन्।
कम्पनीका अनुसार यो उत्सव दैनिक खर्चलाई अझ फाइदाजनक र रिवार्डिङ बनाउने उद्देश्यले सञ्चालन गरिएको हो।
एक कप कफीदेखि लिएर विभिन्न लाइफस्टाइल उत्पादन तथा सेवासम्म, हरेक प्रकारका प्रयोगकर्ताको आवश्यकता र रुचिअनुसारका आकर्षक अफरहरू यस २.२ उत्सवमा समावेश गरिएको छ।
साधारण अफरहरूका अतिरिक्त यस उत्सवमा प्रयोगकर्ताहरूले पोइन्ट्स गेम (पोइन्ट्स गेम) मार्फत बेटर आर्कटिक ५०एल रेफ्रिजेरेटर, टाइटन पुरुष घडी र बेटर स्टार इन्डक्सन जस्ता आकर्षक उपहारहरू जित्ने अवसर पनि प्राप्त गर्नेछन्।
विशेष रूपमा हुन्डाई वासिङ मेसिन जस्ता उच्च मूल्यका सामानहरू समेत जम्मा २ पोइन्टबाट उपलब्ध हुने भएकाले '२.२ उत्सवले प्रयोगकर्तामाझ थप उत्साह सिर्जना गरेको बताइएको छ।
यस '२.२' उत्सवलाई तीन चरणमा सञ्चालन गरिनेछ।
जेठ १ सम्म प्रि २.२ डिल्स, जेठ २ मा मुख्य २.२ एनिभर्सरी डिल, तथा जेठ ३ देखि जेठ १४ सम्म पोस्ट २.२ डिल्स सञ्चालन हुनेछन्।
यसरी प्रयोगकर्ताहरूलाई अफर एक्सप्लोर गर्न, आफ्नो मनपर्ने डिल छनोट गर्न तथा सहज रूपमा रिडिम गर्न पर्याप्त समय प्रदान गरिनेछ।
यस उत्सवमा श्री एयरलाइन्स, केएफसी, फिली क्याफे, इरानी चिया, आईएनआई सिनेमाज, जेमिज बबल टी, भ्याली एक्सप्रेस र अल्टिमा लाइफस्टाइल लगायतका थुप्रै लोकप्रिय ब्रान्डहरूका विशेष अफरहरू समावेश गरिएका छन्।
साथै फुडमाण्डु, क्रिम बेल, सेकुवा बाइ किलो, डाउनटाउन पिज्जा, पिज्जा नेसन र त्रिसारा जस्ता चर्चित पार्टनरहरू पनि यस उत्सवमा सहभागी छन्।
प्रयोगकर्ताहरूले सबै अफरहरू फोनपोइन्ट्स एपमार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
साथै इसेवा र फोनपे एपबाट समेत डिलहरू हेर्न, रिडिम गर्न तथा उत्सवमा सहभागी हुन सकिने व्यवस्था गरिएको छ, जसले प्रयोगकर्ताहरूलाई अझ सहज डिजिटल अनुभव प्रदान गर्नेछ।
'२.२ डिल्स' मार्फत फोनपोइन्ट्सले नेपालमा अग्रणी डिजिटल रिवार्ड्स प्लेटफर्मको रूपमा आफ्नो स्थान थप सुदृढ बनाउँदै दैनिक डिजिटल कारोबारलाई अझ अर्थपूर्ण, लाभदायक र आनन्ददायी अनुभवमा रूपान्तरण गर्ने आफ्नो पुनः प्रतिबद्धता दोहोऱ्याएको छ।
यो विशेष उत्सव सीमित अवधिका लागि मात्र उपलब्ध रहने भएकाले प्रयोगकर्ताहरूलाई समयमै आफ्ना मनपर्ने अफरहरू हेरी रिडिम गर्न प्रोत्साहित गरिएको छ।