बिहीबार घटेको सुनको मूल्यले फरी नयाँ रेकर्ड बनाएको छ।  
शुक्रबार नेपाली बजारमा सुन (छापावाल) को मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ। 
पछिल्लो समय लगातार बढेर मूल्यमा रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार भने घटेको थियो। 
बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 
अहिले विश्वका विभिन्न केन्द्रीय बैंकहरूले सुनको खरीदारी बढाएका कारण मूल्य बढिरहेको छ।  
शुक्रबार चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ। 
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 
यो पनि हेरौंः किन बढ्दैछ सुनको मूल्य?