नेपाली बजारमा आज (शुक्रबार) पनि सुन–चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९४ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
बिहीबार चाँदी प्रतितोला दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार एक सय ५० रूपैयाँ किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।