स्थानीय बजारमा शुक्रबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ८ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
संघका अनुसार बिहीबार दुई लाख १५ हजार दुई सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई लाख १६ हजार रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि प्रतितोला ६० रूपैयाँले बढेको छ।
बिहीबार दुई हजार पाँच सय ३० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार दुई हजार पाँच सय ८० रूपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।