स्थानीय बजारमा सुनको मूल्य बढ्दो क्रममा छ।
बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला सात हजार एक सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार दुई लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई लाख ५८ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ७५ रूपैयाँले बढेको छ।
बिहीबार प्रतितोला तीन हजार दुई सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।