स्थानीय बजारमा सुनको मूल्य घटेको छ।
अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुन प्रतितोला चार हजार ८ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार दुई लाख ५८ हजार रूपैयाँमा कारोबार भएको सुन आइतबार दुई लाख ५३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि प्रतितोला ७५ रूपैयाँले घटेको छ।
शुक्रबार तीन हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार तीन हजार दुई ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।