स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार तीद्द सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले घटेको छ।
बधुबार चाँदीको मूल्य तीन हजार ६ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार ६ सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।