स्थानीय बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला तीन हजार पाँच सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार शुक्रबार सुन प्रतितोला दुई लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
शुक्रबार चाँदीको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेको छ।
बिहीबार तीन हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार तीन हजार ९ सय पाँच रूपैयाँमा भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार दुई सय ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।