नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ।
गत सोमबारदेखि घट्ने क्रममा रहेको सुन यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।
बिहीबार तोलामा चार हजार चार सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार पाँच सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय १० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ७८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।