नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ।
मंगलबार तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला चार सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ।
मंगलबार तोलामा चार हजार आठ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार नौ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।