नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला दुई लाख ६७ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।
यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।
बुधबार तोलामा चार हजार नौ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार चार हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।