नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको मूल्य घटेको छ।
मंगलबार तोलामा ६ हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला ६ हजार सात सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला तीन लाख सात हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार तोलामा चार हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।