नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ स्थिर छ भने चाँदी घटेको छ।
सोमबार तोलामा एक हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार आठ सय रूपैयाँमा किनबेच भइरहेको छ।
सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ।
सोमबार प्रतितोला चार हजार सात सय ७० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।