नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ।
शुक्रबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार नौ सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ९४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार प्रतितोला चार हजार चार सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन चार हजार तीन सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार एक सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।