सडक डिभिजन कार्यालय, काठमाडौंले शनिबारदेखि फेरी जेब्रा क्रस, सेन्ट्रल लाइन बनाउने लगायतका काम सुरु गर्ने भएको छ।
आज जिल्ला प्रशाशन कार्यालयबाट पास लिइएको र शनिबारबाट काम सुरु गरिने सडक डिभिजन काठमाडौंका प्रमुख कुबेर नेपालीले जानकारी दिए।
‘पासको मिती सकिएर काम सुचारु गर्न सकिएको थिएन। आज म आफैं गएर पास लिए। भोलीबाट काम सुरु हुन्छ,’ नेपालीले सेतोपाटीसगँ भने।
नेपालीको अनुसार आज सबै तयारी पुरा भइसकेको छ। सिंहदरवार आसपासबाट काम सुरु गरीनेछ।
मजदुरलाई सामाजिक दुरी कायम गरेर निर्देशन दिइएको उनले बताए।
सडक डिभिजनले गत चैत ११ गतेदेखि १७ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा जेब्रा क्रस, सेन्ट्रल लाइन, हम्प हटाउने लगाएतको काम गरेको थियो।
डिभिजनले पासको मिती सकिएपछि काम सुचारु गर्न सकेको थिएन।