उद्योग विभागले लकडाउनको अवधिमा २ अर्ब ७४ करोड ७० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। विदेशी र स्वेदेशी गरी १५ वटा उद्योगबाट उक्त रकम बराबरको लगानी स्वीकृत गरेको हो।
लकडाउन अवधिमा विदेशी ११ वटा उद्योगबाट ९२ करोड ५० लाख रूपैयाँ बराबराको लगानी स्वीकृत भएको छ भने स्वदेशी ४ वटा उद्योगबाट १ अर्ब ८२ करोड २० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको विभागका महानिर्देशक जीवन प्रकाश सिटौलाले जानकारी दिए।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण देश गत चैत ११ देखि लकडाउनमा छ। लकडाउनको समयमा पनि विभागले कामलाई निरन्तरता दिएको छ।