उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री(चतुर्थ) बाट विभूषित भएका छन्।
सरकारले पाँचौं संविधान दिवसका अवसरमा उनीसहित एक दर्जन भन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभूषित गरेको हो।
शंकर ग्रुप शंकरलाल अग्रवालको अध्यक्षतामा स्थापित एक व्यवसायी ग्रुप हो, जसले छोटो समयमा नै नेपालको अर्थतन्त्रमा आफ्नो ठूलो योगदान दिन सफल भएको छ।
सिमेन्ट, छड, स्टिल पाइप, प्लाष्टिक प्याकेजिनङ इत्यादि निर्माण क्षेत्रमा शंकर ग्रुपको लगानी छ।