स्वयम्भू इन्टरनेशनल कलेजले ‘बृहत छात्रवृत्ति तथा पुरस्कार वितरण समारोह’ सम्पन्न गरेको छ।
त्रिविबाट सम्बन्धन प्राप्त यस कलेजमा संचालित बिसिए (ब्याचर अफ कम्प्युटर एप्लिकेशन), बिबिएम (ब्याचलर अफ विजनेश म्यानेजमेन्ट) बिबिएस (ब्याचलर अफ विजनेश स्टडिज्) र एमबिएस. (मास्टर अफ विजनेश स्टडिज्) कार्यक्रम अन्तर्गत अध्ययनरत उत्कृष्ट, परिश्रमी र अनुकरणीय नतिजा हासिल गर्ने विद्यार्थीहरूको सम्मान र प्रोत्साहनका लागि यो कार्यक्रम आयोजना गरिएको हो।
यस कार्यक्रममा शैक्षिक उत्कृष्टता, अनुशासन, नेतृत्व क्षमता तथा सर्वाङ्गीण व्यक्तित्व विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई विभिन्न छात्रवृत्ति तथा पुरस्कारहरू प्रदान गरिएको थियो।
यस अवसरले विद्यार्थीहरूलाई अझ मेहेनत गर्न, आफ्नो क्षमता प्रदर्शन गर्न र भविष्यमा शैक्षिक र व्यवसायिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउन प्रेरणा दिने विश्वास लिइएको छ।
कलेजले गुणस्तरीय शिक्षाको अतिरिक्त विद्यार्थीहरुको लागि आवश्यक व्यवहारिक ज्ञानको लागि इन्र्टनसिपको पनि व्यवस्था गरेको छ।
हालसम्म कलेजमा संचालित बिबिएम, बिसिए, बिबिएस र एमबिएस कार्यक्रम अन्र्तगत २५ सय बढी विद्यार्थीहरु उतीर्ण भइसकेका छन्।