हार्दिक आइभिएफ एन्ड फर्टिलिटी सेन्टरले महिलाका लागि एएमएच (एन्टी-मुलेरियन हर्मोन) परीक्षण र पुरूषका लागि सिमेन एनालाइसिस परीक्षण निःशुल्क उपलब्ध गराउने भएको छ।
कम्पनीले यही मंसिर २२ देखि २६ गतेसम्म (५ दिन) नि:शुल्क सेवा दिन गराउन लागेको हो। करिब ६ हजार पर्ने यी दुवै महत्वपूर्ण परीक्षण पाँच दिनसम्म पूर्ण रूपमा निःशुल्क गरिने क्लिनिकले जनाएको छ।
एएमएच परीक्षणले महिलाको ओभरियन रिजर्भ अर्थात् अण्डा भण्डारबारे जानकारी दिन्छ भने सिमेन एनालाइसिस परीक्षणले पुरूषको शुक्राणुको संख्या, गति र गुणस्तर मूल्यांकन गर्छ।
क्लिनिकका अनुसार प्रजनन स्वास्थ्यबारे समयमै जानकारी दिन र दम्पतीलाई सही परामर्श दिन उद्देश्यसहित यो अभियान सुरु गरिएको हो।
इच्छुकहरूले अग्रिम बुकिङ गरी सेवा लिन सक्ने व्यवस्था मिलाइएको क्लिनिकले जनाएको छ।