इटहरी इन्टरनेशनल कलेजको वार्षिक दीक्षान्त समारोह २०२५ सम्पन्न भएको छ।
सोमबार आयोजित समारोहमा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन कार्यक्रमका स्नातक विद्यार्थीहरूको सहभागिता थियो।
समारोहमा यस वर्षका उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ।
कलेजका अनुसार, यी छात्रवृत्तिहरू विद्यार्थीहरूको निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मान स्वरूप प्रदान गरिएको हो।
आइएनजी कलेज समूहले उनीहरूको आगामी शैक्षिक यात्रामा निरन्तर साथ–समर्थन रहने प्रतिवद्धता व्यक्त गरेको छ।
आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले हरेक स्नातकलाई व्यक्तिगत रूपमा बधाई दिए।
‘विद्यार्थीहरूको मेहनत, धैर्य र समर्पण नै आजको सफलता हो,’ उनले भने।