सरकारले मुख्य भन्सार कार्यालयका भन्सार प्रमुखहरूको जिम्मेवारीमा हेरफेर गरेको छ।
हालै मात्र वीरगञ्ज, त्रिभुवन विमानस्थल, भैरहवा र मेची भन्सार कार्यालयका प्रमुखहरू हेरफेर गरिएको हो।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा यसअघि वीरगञ्ज भन्सारमा रहेका विष्णुप्रसाद ज्ञवालीलाई जिम्मेवारी दिइएको छ। यसअघि त्रिभुवन विमानस्थल भन्सार प्रमुख रहेका टंक लम्सालको भने मन्त्रालयमा सरूवा भएको छ।
वीरगञ्ज भन्सारको प्रमुखमा कृष्ण मैनाली सरूवा भएका छन्। यसअघि उनी अर्थ मन्त्रालयमा थिए।
मेची भन्सारमा रहेका हरपहर पाैडेल भैरहवा भन्सार कार्यालयमा सरूवा भएका छन्।
त्यस्तै, मेची भन्सार कार्यालमा भैरहवा भन्सारमा रहेका शिवलाल न्याैपानेलाई सरूवा गरिएको छ।