दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ।
बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ। जसका कारण उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।
नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौं उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ।
बिहानदेखि दिनको २ बजेसम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौं उपभोक्ताहरू लाम बस्ने गरेका छन्।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ।
तस्बिरहरू:
-1770102321.jpg)
-1770102320.jpg)
-1770102319.jpg)
-1770102318.jpg)
-1770102319.jpg)
-1770102319.jpg)
-1770102320.jpg)
-1770102319.jpg)
-1770102317.jpg)
-1770102318.jpg)
-1770102316.jpg)
-1770102317.jpg)
-1770102317.jpg)
-1770102317.jpg)
-1770102316.jpg)
तस्बिर: बिजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी