प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलमा यस वर्षको ज्ञान मेला सम्पन्न भएको छ।
यस वर्षको ज्ञान मेलाको विषयवस्तु नेपालको सांस्कृतिक विविधता र समृद्ध पहिचान थियो।
विद्यार्थीहरू परम्परागत नेपाली पोशाकमा सहभागी भए भने विद्यालय परिसरलाई रतो मच्छिन्द्रनाथको रथ र बौद्धनाथ स्तुपबाट प्रेरित कलात्मक सजावटले सजाइएको थियो।
स्थानीय संस्कृति र दार्शनिक चिन्तनको सुन्दर संगमले कार्यक्रमलाई अझ विशेष बनाएको थियो।
कार्यक्रमको मुख्य आकर्षण डिपि१ का विद्यार्थीहरूले सञ्चालन गरेका १५ वटा अन्तरक्रियात्मक प्रदर्शनी स्टलहरू थिए।
ती स्टलहरूमा प्राचीन हस्तलिपिदेखि छेत्री पुतली, डिएनएका तस्बिरदेखि ढुंगेधारासम्मका विविध वस्तुहरूलाई ज्ञानको दृष्टिकोणबाट प्रस्तुत गरिएको थियो।
विद्यार्थीहरूले सांस्कृतिक सम्पदा र स्थानीय ज्ञानलाई अन्तर्राष्ट्रिय सन्दर्भसँग जोड्दै 'हामी के जान्दछौं?' भन्दा पनि 'हामीले त्यो ज्ञान कसरी प्राप्त गर्यौं? भन्ने प्रश्नमाथि गहिरो छलफल गरेको बताइएको छ।
कार्यक्रमका प्रमुख अतिथि द्युतीमान चौधरीले ज्ञान मेलाको उद्घाटन गर्दै विभिन्न विद्यार्थी स्टलहरूको अवलोकन गरे।
उनले विद्यार्थीहरूले शैक्षिक अवधारणालाई वास्तविक जीवनसँग जोडेर प्रस्तुत गरेको शैलीको प्रशंसा गरे।