भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयर चाइनाले चार्टर्ड उडान गरेको छ।
गौतमबुद्ध विमानस्थलका लागि चिनियाँ वायुसेवाको उडान यो नै पहिलो हो।
शुक्रबार १२:३० बजे एयर चाइनाले चार्टर्ड उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थलका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार चार्टर्ड उडानमा २१७ यात्रु आएका थिए।
जहाजले सेन्जेन–भैरहवा चार्टर्ड उडान गरेको उनले बताए।
हाल यस विमानस्थलमा नेपाल एयरलाइन्स, जजिरा, फ्लाइ दुबई र थाइ एयर एसियाले नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेका छन्।