नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडादर सार्वजनिक गरेको छ। प्राधिकरणले बिहीबार भाडादर सार्वजनिक गरेको हो।
परिवर्तित भाडादरअनुसार काठमाडौं–धनगढीको अधिकतम हवाई भाडा १७ हजार ५७९ रुपैयाँ तोकिएको छ।
त्यस्तै काठमाडौं–विराटनगरको ९ हजार ७८५, काठमाडौं–भरतपुरको ४ हजार ६४३, काठमाडौं–भद्रपुरको १२ हजार ११२ रुपैयाँ भाडादर तोकिएको छ।
काठमाडौं–पोखराको ६ हजार ६३५, काठमाडौं–नेपालगञ्जको १३ हजार १०३, काठमाडौं–सिमराको ३ हजार ९७८, काठमाडौं–भैरहवाको ८ हजार ४६१, काठमाडौं–राजविराजको ८ हजार २१०, काठमाडौं–सुर्खेतको ९ हजार ३० र काठमाडौं–तुम्लिङटारको ७ हजार ६३० रुपैयाँ तोकिएको छ।
यो उच्चतम हवाई भाडादर भएकाले यसभन्दा बढी मूल्य नलिन प्राधिकरणले वायुसेवा कम्पनी, टिकट बिक्रेताहरूलाई अनुरोध पनि गरेको छ।
