नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिन आवश्यक रहेको बताएका छन्।
नेपाल पर्वतारोहण संघको ३५औं विशेष साधारण सभामा जोशीले आन्दोलनका क्रममा पर्यटन क्षेत्रमा ठूलो असर परेको उल्लेख गर्दै पुनरुत्थानका लागि सुरक्षाको वातावरण अनिवार्य भएको बताए।
जोशीका अनुसार उक्त अवधिमा दैनिक पर्यटक आगमन औसत १६ सयमा झरेको भए पनि अहिले पुनः ४२ सयसम्म पुगेको छ।
उनले पर्यटन क्षेत्र सुरक्षित र सामान्य अवस्थामा फर्किएको सन्देश दिन बोर्ड सक्रिय रहेको जानकारी दिए।
साथै, उनले हरेक दशकमा विभिन्न संकटबाट गुज्रिनु परेको नेपालको पर्यटन क्षेत्रलाई दीर्घकालीन स्थायित्वका लागि स्थायी संरचना आवश्यक रहेको पनि औंल्याए।