जल तथा मौसम विज्ञान विभागले पदयात्रामा जानुअघि मौसमको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
हाल हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेकाले पदयात्रा नगर्न स्थानीय प्रशासनले पनि अनुरोध गरिरहेका छन्। अहिले मुस्ताङका उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात भइरहेको छ।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८ सय मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४ सय मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ।
विभागले मौसमको अवस्था बुझ्नका लागि ११५५ मा सम्पर्क गर्न समेत अनुरोध गरेको हो।
त्यस्तै नेपाल पर्तारोहण संघले पनि आरोहण दल तथा पदयात्रीलाई हिमाली क्षेत्रमा नजान र पास क्रस नगर्न अनुरोध गरेको छ।