शुक्रबार दिउँसो अबेरसम्म मौसम नखुल्दा तराईका पाँच विमानस्थलमा उडान तथा अवतरण हुन सकेको छैन।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढी विमानस्थलमा हवाई सेवा प्रभावित भएको हो।
कम भिजिबिलिटीका कारण तराईका अधिकांश विमानस्थलको सेवा अबेर मात्र सुरू हुने गरेको छ।
यसबाट धेरै यात्रु मारमा परेका छन्।