खराब मौसमका कारण आइतबार काठमाडौं-सिमराका सबै उडान अवरुद्ध भएका छन्।
खराब मौसम तथा भिजिबिलिटी कम हुँदा बाराको सिमरा विमानस्थलमा उडान हुन नसकेको विमानस्थलका स्टेशन म्यानेजर सुरेश रेग्मीले जानकारी दिए।
'यहाँ शितलहर परेकाले भिजिबिलिटी कम छ,' उनले भने, 'त्यो भएर उडान हुन सकेको छैन।'
सिमरा विमानस्थलमा बुद्द एयरलाइन्सले मात्रै सेवा दिँदै आएको छ।
उक्त कम्पनीले पनि खराब मौसमका कारण सिमरा विमानस्थलमा सबै उडान रद्द गरिएको जानकारी दिएको छ।