भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज धावनमार्गबाट चिप्लिएको घटनामा जाँचबुझ गर्न वरिष्ठ क्याप्टेन विनोद पुरी अनुसन्धानकर्ता तोकिएका छन्।
वरिष्ठ क्याप्टेन पुरीलाई अनुसन्धानकर्ता तोकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहायक प्रवक्ता गोकर्णप्रसाद उपाध्ययले जानकारी दिए।
झापामा पुस १८ गते (एन-एएमएफ) जहाज दुर्घटनामा परेको थियो। जहाज चिप्लिएर धावनमार्गभन्दा ३०० मिटर ओभर रन भएको थियो। जहाज घाँसे झाडी र माटोमा भासिएको थियो।
यस घटनामा जाँचबुझ गरी ४५ दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउन भनेर पुस २१ गतेको मन्त्रिपरिषद बैठकले निर्णय गरेको हो।
उक्त दुर्घटनामा परेको जहाजमा ५१ जना यात्रु थिए। उनीहरू सबै जना सकुशल छन्।
