त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नक्कली पासपोर्ट बोकेर काठमाडौं आइपुगेका दुई जना विदेशी नागरिकलाई फर्काएको छ।
आइतबार बिहान काठमाडौं आइपुगेका दुई जना विदेशी नागरिकलाई फर्काइएको कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले जानकारी दिए।
उनका अनुसार ती दुई जनाले बेलायतको नक्कली पासपोर्ट बोकेका थिए।
उनीहरू आइतबार बिहान साढे १० बजे दिल्लीबाट एयर इन्डियाको फ्लाइटमा काठमाडौं आइपुगेको भण्डारीले बताए।
नक्कली पासपोर्ट रहेको थाहा पाएपछि सोही विमानमा उनीहरूलाई फर्काइएको थियो।
‘हामीले छानबिन गर्दा बेलायतको नक्कली पासपोर्ट रहेको थाहा पाएपछि सोही विमानबाट दिल्ली फर्कायौं,’ भण्डारीले भने।