नेपाल पर्यटन बोर्डले फिनल्याण्डको हेलसिन्कीमा आयोजना भएको नर्डिक क्षेत्रकै ठूलो पर्यटन मेला माट्का २०२६ मा सहभागिता जनाउँदै नेपाललाई सफलतापूर्वक प्रवर्द्धन गरेको छ।
१५ देखि १८ जनवरी २०२६ सम्म आयोजित मेलामा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक र दिगो पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरिएको थियो।
नेपालका विभिन्न ट्रेकिङ तथा ट्राभल कम्पनीहरूले पदयात्रा, पर्वतारोहण र सांस्कृतिक भ्रमण कार्यक्रमबारे जानकारी दिएका थिए।
मेलाको क्रममा नर्डिक मुलुकका ट्राभल व्यवसायी र पर्यटकहरूसँग व्यापक अन्तर्क्रिया भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
फिनल्याण्ड र आसपासका देशका पर्यटकमा नेपालप्रति सकारात्मक चासो देखिएको बताइएको छ।
मेलामा नेपाली सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो, जसले नेपालको सांस्कृतिक पहिचानलाई उजागर गरेको थियो।
साथै, दिगो पर्यटन अभ्यासबारे नेपाल पर्यटन बोर्डका प्रतिनिधिले प्रस्तुति दिएका थिए।
यस सहभागिताले नर्डिक बजारमा नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।